पाल्पाली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित

पोखरा । पोखरास्थित पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सहकारीको उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य रहेका छन् ।

संस्थाको कार्यसमिति सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले जाकारी दिए ।

लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल र अनुपमान कर्माचार्य छन् । संस्थाका कानूनी सल्लाहकार विष्णुप्रसाद लम्साल संयोजक रहेको निर्वाचन समिति सदस्यमा ताराप्रसाद पोखरेल र नारायणप्रसाद पौडेल सदस्य थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button