सहकारीमा देखिएको समस्या र भ्रमको पछि नलागौं : पाण्डे

पोखरा । राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले वर्तमान अवस्थामा सहकारीमा देखिएको समस्या र भ्रमको पछि नलागी आफ्नो संस्थाका गतिविधि नजिकैबाट नियाल्नुपर्नेमा जोड दिएका छन् ।

पोखराको पृथ्वीचोकस्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाको १०औं वार्षिक साधारणसभामा पाण्डेले यस्तो बताएका हुन् ।

उनले संस्थाको सुशासन र व्यवस्थापन पक्ष बलियो बनाउन सकिए संस्था सफल हुने र लेखा समितिको नियमित चेकजाँच तथा अनुगमन आवश्यक हुने स्पष्ट पारे ।

सहकारीको वार्षिक प्रतिवेदन पेस गर्दै अध्यक्ष किरणप्रसाद बञ्जराले पृथ्वीलाई कास्कीकै उत्कृष्ट सहकारी बनाउने प्रतिबद्धता जनाए ।

सो अवसरमा मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठ, संस्थाका संस्थापक अध्यक्ष ओमबहादुर कार्की लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष किरणप्रसाद बञ्जराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णकुमार मुल्मीले स्वागत र सञ्चालन समिति सदस्य रश्मी अधिकारी भण्डारी र सचिव मेघबहादुर शाहीले गरेका थिए । सहकारीका सात सिद्धान्त वाचन सञ्चालक समिति सदस्य अमृता थापाले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद अधिकारीले संस्थाको वार्षिक कार्यक्रम र गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गरेका थिए ।

यस्तै, संस्थाले पृथ्वी प्रतिभा पुरस्कारबाट सेयर सदस्य अर्चना बञ्जारालाई पुरस्कृत गरेको थियो । महिला उद्यमशीलतर्फ सेयर सदस्य विक लक्ष्मी श्रेष्ठ सम्मानित भए ।

उत्कृष्ट कारोबार गर्ने सदस्यतर्फ दुर्गाबहादुर गुरुङ र उत्कृष्ट बचतकर्तामा सुकुना गुरुङ, ज्ञानेश्वरराज श्रेष्ठ, ज्योति अधिकारी, इन्द्रबहादुर गुरुङ, गंगासागर श्रेष्ठ र प्रकाश अधिकारीलाई सम्मान गरिएको शिक्षा उपसमिति संयोजक रामकुमार लामिछानेले बताए ।

वर्ष उत्कृष्ट कर्मचारीमा सहप्रबन्धक डोलकुमार कार्कीलाई सम्मानित हुँदा संस्थामा हितमा योगदान पुर्‍याएकामा कार्यसमिति सदस्य अरविन्द तुलाचनलाई सम्मानसहित बिदाइ गरियो ।

संस्थाले तुलाचनको स्थानमा महेन्द्रराज पौडेललाई र अनुगमन सदस्यमा गंगासागर श्रेष्ठलाई चुनेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद अधिकारीले बताए ।

२०६९ सालमा पोखराको पृथ्वीचोकमा स्थापना भएको सहकारीमा हाल २ हजार ६ सय ७४ सदस्य छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button