बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं. १३ सल्यानका हरिसिंह नेपाली रहेका छन् ।
नेपाली विरुद्ध कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोप छ । नेपालीले श्रीमती शितली शाहीलाई कुटपिट गरि हत्या गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए ।
टाउको र खुट्टामा चोट लागेको अवस्थामा शाहीलाई उपचारका लागि श्रीमान र स्थानीयले धौलागिरी अस्पतालमा ल्याएका थिए ।
शाहीलाई लगत्तै अस्पतालले मृत्त घोषणा गरेको थियो । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution