पोखरेली टेनिस खेलाडीहरु चितवनमा

पोखरा । टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समूहले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् ।

उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यीय टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् ।

चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका-१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा जग्गा भाडामा लिएर उनले चार कठ्का क्षेत्रफलमा दुई वटा कोर्ट निर्माण गरेका छन् ।

छिट्टै अरु दुई वटा टेनिस कोर्ट निर्माणको चरणलमा रहेको क्षेत्रीले बताए । १३ वर्षदेखि टेनिस खेल्दै आएका उनले काठमाडाैँमा सिटिजन कपका दुई र पोखरामा माछापुच्छ्रे कपको एक संस्करणमा भाग लिएका छन् ।

चितवनमा टेनिस खेलको विकास र विस्तार गर्दै उत्पादित खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरार्ष्ट्रय प्रतियोगिताहरुमा सहभागिता गराउने उनको लक्ष्य छ । मोफसलमा रहेर टेनिस खेलको विकासमा लागेकाहरुको हौसलाका लागि आफुहरु चितवन आएको खेलाडी गोपीबहादुर भट्टराईले बताए ।

टेनिस खेल्नका लागि बाहिरी शहरहरुमा जाने संस्कृतिको विकास गर्न सकिए यसले मोफलसमा खेल पर्यटन विकास मद्धत पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष समेत रहेका भट्टराईको भनाई छ ।

निजि खर्चमा चितवनमै पहिलो टेनिस कोर्ट निर्माण गरेका खेल विकासमा लागेका कुमार जस्ता प्रतिभालाई सरकारी स्तरबाट पनि सहयोगको खाँचो रहने अर्का खेलाडी सूर्यबहादुर भुजेलको भनाई छ ।

टोलीलाई कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले एक समारोहका विच पोखराबाट आइतबार विहान बिदाई गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button