अंग्रेजी नयाँ वर्षमा पोखरा कप अन्तर क्लव स्तरीय भलिवल

  • पोखरा न्यूज
  • २०८० मंसिर १८
अंग्रेजी नयाँ वर्षमा पोखरा कप अन्तर क्लव स्तरीय भलिवल

पोखरा । पोखरा कप अन्तर क्लव स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका भलिवल संघको आयोजनामा पुस १४ गतेदेखि १६ गतेसम्म प्रतियोगिता हुने भएको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सडक महोत्सवकै अवसरमा प्रतियोगिता हुन लागेको हो ।

‘श्रष्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका खेलहरु पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कमा हुनेछ ।

प्रतियोगिताका लागि पोखरा महानगरपालिका प्रवद्र्धक तथा पोखरा महानगर खेलकुद विकास समितिले समन्वय गरेको बताइन्छ ।

प्रतियोगिता विजेताले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु १० हजार, वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजार नगद पुरस्कार प्रदान गरिने बताइन्छ ।

प्रतियोगितामा सहभागी हुने एउटा क्लवले दुई राष्ट्रिय खेलाडी समावेश गर्न पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब नौ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस