पोखरा । कास्की पोखराका एक जनासहित रुसी सेनामा गएका छ जना नेपालीको मृत्यु भएको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत अहिलेसम्म छ नेपालीको मृत्यु भएको जानकारी दिएको हो ।
कास्की पोखराका देवान राई, गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रूपक कार्की, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सरकारको सहमति बिना नै रुसले नेपाली नागरिकलाई सेनामा भर्ती गरेकोसमेत पाइएको छ । मन्त्रालयले कुनै पनि नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुन थुप्रै नेपालीहरु रुस गएको जनाएका छन् । उनले आइतबारमात्रै पनि भारत हुँदै दुई समूहमा ५३ नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।
सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान आग्रहसमेत गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution