स्वास्थ्य विकास र समृद्धिको सूचक : उपप्रमुख गुरुङ

  • पोखरा न्यूज
  • २०८० मंसिर १८
स्वास्थ्य विकास र समृद्धिको सूचक : उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सूचक भएको बताउँदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।

पोखरा महानगरपालिका वडा नं. १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्बन्धित निःशुल्क स्वास्थ्य शिविरमा उनले यस्तो जोड दिएकी हुन् ।

उनले भनिन्, “जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडि बढछ । त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।”

उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको बताइन् । एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देश नै समृद्धिको बाटोमा अगाडि बढ्ने भन्दै उनले समयसमयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा जोड दिइन् ।

‘विरामी भैसकेपछि मात्रै अस्पताल जाने अवस्था छ, अब त्यस्तो हैन समयसयममा जाँच गर्दा स्वस्थ रहन सहयोग पुग्छ’, उनले भनिन्, “भौतिक विकास मात्रै नभएर मानवीय विकास पनि महत्वपूर्ण हो ।”

एउटा घरको व्यक्ति विरामी हुँदा परिवार नै अस्तव्यस्त हुने भएकाले स्वास्थ्यलाई ध्यान दिनुपर्ने उपप्रमुख गुरुङले बताइन् ।

पोखरा-१५ का अध्यक्ष तोरणबहादुर बानियाँले मानवीय विकासमा स्वास्थ्य महत्वपूर्ण रहेको बताए । ‘नागरिक स्वस्थ भएमात्रै पूर्वाधारको विकास गरे पनि त्यसको महत्व हुँदैन’, उनले भने, “स्वास्थ्य शिक्षा, कृषिलाई रणनीतिक योजनाका रुपमा अगाडी बढाएका छौं ।”

उनले राइट फर चिल्डे«नसँंग मिलेर स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस