धम्पुसमा अन्तर्राष्ट्रिय कला कार्यशाला

पोखरा । कास्कीको पर्यटकीय गाँउ धम्पुसमा अन्तर्राष्ट्रिय स्तरको कला कार्यशाला सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै धम्पुससहित यस क्षेत्रको प्राकृतिक सुन्दरताको थप प्रचार हुने विश्वासका साथ कला कार्यशाला आयोजना गरिएको बताइन्छ ।

जलेश्वर आर्ट फाउण्डेशन ओडिसा र न्यूरो आर्ट नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म चलेको कार्यशालामा मंगोलिया, भियतनाम, भारत र नेपालका गरी करिव ४० जना कलाकार सहभागी थिए ।

न्यूरो आर्टका सचिव रामप्रसाद पौडेलका अनुसार कार्यशालाको पहिलो दिनमा कलाकारले धम्पुसको पर्यटकीय पहिचानलाई केन्द्रमा राखी विभिन्न पक्षलाई कलामार्फत चित्रमा उतारेका थिए । कार्यशालाको दोस्रो दिन कला प्रशिक्षण दिइएको सचिव पौडेलले जानकारी दिए ।

कार्यक्रममा न्यूरो आर्ट नेपालका अध्यक्ष हरेराम जोशी र कार्यक्रम संयोजक प्रा.डा. निर्मल लामिछानेले न्युरो आर्टका विषयमा सहभागी कलाकारलाई प्रशिक्षण दिएका थिए ।

वरिष्ठ मनोचिकित्सक समेत रहनुभएका प्रा.डा. लामिछानेले प्रकृतिसँग नजिक भएर गरिने कार्यशालाले थप उर्जा प्रदान गर्ने वताउँदै अन्तर्राष्ट्रिय स्तरको आर्ट क्याम्प गर्न पाउनु गर्वको विषय रहेको बताए ।

कलाकारले विविध विषय वस्तुमा केन्द्रित भइ कोरेका चित्रहरु निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै प्रदर्शनीमा राखिने संस्थाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button