विद्यालय र चमेनागृहमा चोरी गर्ने बागलुङका भक्तबहादुर थापा कारागार चलान

बागलुङ । बागलुङस्थित एक विद्यालयको चमेनागृह र अर्को विद्यालयका सामाग्रीहरु चोरी गर्ने युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् । कारागार चलान हुनेमा बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेका ३७ वर्षका भक्तबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार थापाले २०८० असार २ गते राति ११ बजे भकुण्डेस्थित भैरव माविको चमृनागृहको ढोका फोडी त्यहाँ रहेका मिक्सचर, थर्मस, कुकर, इन्डक्सन चुलो, ग्यास सिलिण्डरका साथै खाद्य सामाग्री चोरी गरेका थिए ।

यस्तै, उनले कात्तिक १५ गते राति ८ बजेतिर भुकण्डेस्थित शिवालय आधारभूत स्कूलको कार्यालयको ढोका फोडी, कम्प्युटरको ३ वटा मोनिटर, किबोर्ड लगायतका सामाग्रीहरु चोरी गरेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

थापालाई विद्यालयबाट चोरी भएको सामानसहित कात्तिक २० गते पक्राउ गरिएको थियो । उनलाई चोरीसम्बन्धी कसुरमा अनुसन्धान पश्चात् जिल्ला अदालतमा पेस गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button