बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले हत्या आरोपमा एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीगाड गाउँपालिका वडा नं. १० चैतेका ३३ वर्षका हरिलाल विक रहेका छन् ।
प्रहरीका अनुसार हरिलाले सोही ठाउँका ४० वर्षका लालमन विकको हत्या गरेको आरोप छ । डिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीका अनुसार आइतबार राति सामान्य विवाद हुँदा हरिलालले लालमनको टाउकोमा कोदालो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । हरिलाल लालमनका आफ्नै भतिजा हुन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले हरिलाललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution