जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

  • पोखरा न्यूज
  • २०८० मंसिर १९
जेठमा पुग्यो एकीकृत समाजवादीको महाधिवेशन

पोखरा । नेकपा (एकीकृत समाजवादी पार्टी) को महाधिवेशनको मिति पछाडि धकेलिएको छ । पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

महाधिवेशन आगामी २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको महाधिवेशन यसअघि माघ १४ र १५ मा गर्ने तयारी थियो । तर माघमा राष्ट्रियसभाको निर्वाचन परेपछि महाधिवेशन पर सारिएको हो ।

महाधिवेशनका लागि दस्तावेज तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा समिति बनाइएको प्रवक्ता खतिवडाले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस