सोती घटना प्रकरण : २३ जनालाई जन्मकैदको फैसला

पोखरा । रुकुम पश्चिमको सोती घटना प्रकरणमा थुनामा रहेका २३ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

मंगलबार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले ८ जनालाई सफाइ दिएको छ ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४, राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा पुगेका थिए ।

सामूहिक आक्रमणबाट मृत्यु हुनेमा नवराज विकसहित उनका साथीहरू टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार,सन्दीप विश्वकर्मा र गोविन्द शाही थिए।

नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको छ ।

उनीहरूमध्ये ११ जना तारेखमा छुटिसकेका छन् भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

त्यही बेला उनीहरूमाथि सोती गाउँका स्थानीयले सामूहिक आक्रमण गर्दा नवराज सहित ६ जनाको ज्यान गएको थियो ।

मृतक नवराज विकसहित ६ जना उनका साथीहरूको शव भेरी नदी किनारमा खोजी गर्दा फेला परेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button