पोखरा । साहित्यकार चन्द्रावती अधिकारी वाग्लेको कविता संग्रह ‘पलपलका भावनाहरु’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
नारी प्रतिभा वाङमय प्रतिष्ठानले वाग्लेको जन्मदिनको अवसरमा उक्त संग्रह लोकार्पण गरेको हो ।
पुस्तक लोकार्पण गर्दै विम्वकवि रमेश श्रेष्ठले मानिसको विविध तिर्खाले नै संसारमा ठूलाठूला आविष्कार, सृजना र परिर्वतन भएको बताउँदै सहित्य क्षेत्रमा लेखकको तिर्खा समुद्र जस्तै गहिरिँदै जाने विश्वास व्यक्त गरे ।
न्दनायक माधव वियोगीले राष्ट्रिय प्रतिभाकोरुपमा वाग्ले सम्मान पाउन योग्य पात्र रहेको बताए ।
स्रष्टा वाग्लेले पलपलका भावनाहरु कृति कलमले होइन हृदयले लेखेको बताइन् । उनले एउटै विषयमा लेखिएकोले कविता संग्रह भएतापनि खण्डकाव्य भएको बताइन् ।
कविता संग्रहको समीक्षा पर्दै महाकाव्यकार छन्दमणि त्रिपाठीले लेखक वाग्लेले ५१ वटा कवितामा आफूले व्यहोरेको पतिशोक सँंगैका भावनाहरु समेटिएको बताए । कविताहरु लोकलयात्मक शैलीमा भएकाले आम पाठकले सरल र सहजरुपमा गहन विषय प्राप्त गर्ने बताए ।
परिवारकोतर्फबाट लेखक चन्द्रावती वाग्लेकी छोरी डा.अनुपा वाग्लेले आमाको भूमिकामा रहेर सरकारी जागिरे, गृहिणीसँगै आफ्ना थुप्रै पिडाका बावजुत पनि अगाडि बढ्ने हिम्मत जुटाएकाे बताइन् । उनले आमाको यो हिम्मतले आफूलाई भविष्यमा साहित्य क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, प्रतिष्ठानका सदस्य रमा खतिवडाले पुस्तकमा समेटिएका कविता वाचनसहित बोलेका थिए ।
कार्यक्रममा श्रष्टाको परिचय साहित्यकार वसन्त चालिसेले गरेका थिए ।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अम्विका भण्डारीले र सञ्चालन सचिव लक्ष्मी थापाले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution