पोखरामा आइटीएफ दोश्रो सर्किटका खेल जारी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे-३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ ।

बुधबार ब्वाइज सिंगलतर्फ भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६-३,६-० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६-२,६-२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६-१, ६-१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६-१,७-६ ले पराजित गरे ।

ब्वाइज डबल्सतर्फ नेपालका आयुष्मान हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६-२,६-३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडीलाई ६-४,६-२ ले पराजित गरे ।

गल्स सिंगलतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७-५,६-० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६-४, २-६ र ६-२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७-५,५-७ र ७-६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३-६, ७-६ र ६-३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७-६, ६-४ ले पराजित गरिन् ।

गल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्याण्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अगाडि बढेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button