कास्की कांग्रेसको टोली राहत लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान

पोखरा । नेपाली कांग्रेस कास्कीको एक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी सचिव देवेन्द्र रानाभाट, सहसचिव नवीन सिग्देल र जिल्ला सदस्य बाबुराम गिरीको टोली राहत रकम र लत्ताकपडासहित जाजरकोट प्रस्थान गरेको हो ।

कास्की कांग्रेसका कार्यकर्ता र शुभेच्छेकहरुबाट संकलित आठ लाख दुई हजार ८८२ रुपैयाँ नगद र ५७ हजारको बराबरको लत्ताकपडा लिएर टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जाजरकोट प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

टोली बुधबार जाजरकोट पुग्ने र राहत रकम तथा लत्ताकपडा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्ने बताइएको छ ।

गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पमा परी १५५ जना भन्दा बढीको ज्यान गएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button