पोखरा । नेपालीलाई रुसी सेनामा अवैधरुपले भर्ती हुन पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् ।
काठमाडौँको लैनचौर, ठमेल र महाराजगञ्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
नियन्त्रणमा आएका उनीहरुबाट प्रहरीले थप सूचना लिएर अनुसन्धान गर्ने भएको छ । पक्राउ परेकामध्ये सुजाता दाहाल र हरि बिक मुख्य एजेन्ट रहेको खुलेको छ । उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।
साथै उनीहरुले नेपाल हुँदै भारतको नयाँ दिल्लीबाट रुस पठाउने तत्थ फेला परेको छ । यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ । रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution