घाँटी थिची श्रीमानको हत्या, शव जंगलमा फेला

  • पोखरा न्यूज
  • २०८० मंसिर १९
घाँटी थिची श्रीमानको हत्या, शव जंगलमा फेला

|प्रतीकात्मक तस्बिर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले पतिको हत्या गरेको आरोपमा एक महिलालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. ५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निरकुमारी रैनी रहेकी छन् ।

उनीमाथि आफ्नै पति ६० वर्षीय श्यामकुमार राईको हत्या गरेको अभियोग छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले खोजी सुरु गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा निर कुमारीले घरायसी बिवादको कारण श्यामको घाँटी थिची हत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार श्यामको शव घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा फेला परेको थियो र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस