पोखरामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

पोखरा । पोखरा महानगरपालिकामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् ।

महानगर भरिका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु एकसाथ भेला भएर यो दिवस मनाएका हुन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामा, स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायत सहभागी थिए ।

कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले समुदाय स्तरमा स्वास्थ्यप्रति जनचेतनाको जागरण ल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका अतुलनीय रहेको बताए ।

महानगर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाकी संयोजक भीम पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button