राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबारदेखि, तयारी पूरा

  • पोखरा न्यूज
  • २०८० मंसिर २०
राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबारदेखि, तयारी पूरा

पोखरा । ३२औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला बिहीबारदेखि सुरु हुँदैछ ।

मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

मेला पुस १ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । मेला उद्घाटन अघि गैह्रापाटनस्थित संघको कार्यालयबाट प्रदर्शनी केन्द्रसम्म प्रभातफेरी हुनेछ ।

मेलामा रु ९० लाखको आर्थिक कारोबार, ८० लाख रुपैयाँ खर्च हुने र १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य संघको छ । बचत रकम उद्यमशीलता प्रवर्द्ध र व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च गरिने संघले जनाएको छ ।

मेला अवलोकन गर्न आउने एक जना भाग्यशाली दर्शकले गोलाप्रथाबाट स्कूटर उपहार प्राप्त गर्नेछन् ।

मेलामा २५० स्टल राखिएको छ । जसमा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्नखालका १४६ स्टल रहनेछ ।

महिला उद्यमशीलतालाई प्रवर्द्धनका लागि हस्तकलाको तालिमको व्यवस्था मेलास्थल मै मिलाइएको छ ।

मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी र प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने विश्वास गरिएको अध्यक्ष प्रजापतिले बताए । संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस