मासबारबाट लागूऔषधसहित दुईजना पक्राउ, को-को हुन् ?

पोखरा । कास्की प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ६ मासबारबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ७ मासबारका ४२ वर्षका रवि पौडेल र पोखरा-२९ सैनिक बस्तीका वर्ष ३५ का रोशन गुरुङ छन् ।

पक्राउ परेकाहरुको साथबाट बुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल, फेनारगन ३० एम्पुल गरी ९० एम्पुल र नाइट्राभ्येट ३० चक्की लागूऔषध बरामद गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button