सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सुनको भाउ आज बुधवार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा आठ सयले घटेर आज एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा दुई हजार ४०० ले घटेर एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलामा ४५ ले घटेर एक हजार ५०० झरेको चाँदी आज २० रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button