चलचित्र ‘हिटम्यान’ १६ भाषामा रिलिज हुने

पोखरा । चलचित्र हिटम्यान १६ भाषामा रिलिज हुने भएको छ । हिटम्यानको टोलीले पोखरा आएर पत्रकारसँग साक्षात्कार गर्दै यस्तो जानकारी दिएको हो ।

चलचित्र पत्रकार संघ कास्कीद्धारा आयोजित पत्रकार सम्मेलनमा हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले साक्षात्कार गरेका थिए ।

निर्देशक अधिकारीले पहिलो पटक इण्डो नेपाली चलचित्र ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुनेसमेत बताए । आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने चलचित्रको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

काठमाडौं र पोखरासहित यो चलचित्रलाई भारत, श्रृलंका, दुवै र फ्रान्समासमेत खिचिएको छ ।

यो चलचित्र नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रमा नेपालकी चर्चित नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारकोसमेत अभिनय रहेको छ ।

चलचित्रमा नेपाल, भारत र पाकिस्तानको सम्बन्धका विषयलाईसमेत उठान गर्न खोजिएको उनले सुनाए ।

साउथ चलचित्र मन पराउने दर्शकले हिटम्यान रुचाउने उनले बताए ।

साउथ चलचित्रमा जस्तो प्रविधि प्रयोग गरेर हिटम्यान निर्माण गरिएको जानकारी उनले गराए ।

अमेजन प्राइम भिडियोका तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीले इण्डो नेपाली फिल्म हिटम्यानसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

पत्रकार सम्मेलनमा नेपालका लागि वितरक केदार पराजुली पनि सहभागी थिए ।

दीपक अधिकारी निर्माता रहेको चलचित्रमा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button