धादिङका दुई युवा गाँजासहित पोखरामा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरु पोखरा-१४ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भइ हाल पोखरा-९ पृथ्वीचोक बस्ने १९ वर्षका आशिष थापा मगर र २० वर्षका पूर्ण तामाङ रहेका छन् ।

उनीहरुको साथबाट एक किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरु विरुद्ध लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button