
पोखरा । बुटवलबाट पोखरा आउँदै गरेको मिनि ट्रक स्याङ्जामा गएराति दुर्घटनामा परेको छ ।
सो दुर्घटनामा ट्रक चालक पाल्पाको तानसेन नगरपालिका वडा नं. ७ धोबीघाट बस्ने बर्ष ३२ को केशव घिमिरे घाइते भएका छन् ।
उनको हाल जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईन्द्रबहादुर रानाले जानकारी दिए ।
गएराति करिब २ः३० बजे लु२ख ५७५५ नम्बरको ट्रक पुतलीबजार नगरपालिका वडा नं. १० बरजास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





