बागलुङ कुर्लिमारेका नारायण र हिमाल लागूऔषधसहित पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ

पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी कुर्लिमारेका २४ वर्षका नारायण पुन मगर र वर्ष २१ का हिमाल थापा रहेका छन् ।

बुधबार साँझ ७ः३० बजे कुर्लिमारा डाँडाको चौतारीबाट उनीहरुलाई पक्राउ गरिएको बागलुङ प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट डाइजापाम इन्जेक्सन आइपी ३० एम्पुल, नर्फिन ३० एम्पुल र फेनेरागन ३० एम्पुल गरि कुल ९० एम्पुल र प्रयोग नगरिएको केही सिरिञ्जहरु बरामद भएको छ ।

उनीहरु विरुद्ध लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button