चरक हस्पिटलको एघारौँ वार्षिकोत्सव

पोखरा । पोखराको नागढुंगामा रहेको अत्याधुनिक सुविधासम्पन्न चरक हस्पिटल प्रालिले विविधि कार्यक्रमका बीच आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ ।

हस्पिटलले स्वास्थ्य क्षेत्रसँगै सम्बन्धित रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५५ जनाले रक्तदान गरे । उत्साहजनक तबरले रक्तदाताहरु कार्यक्रममा सहभागी भए ।

लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेशन चिफ ठाकुरप्रसाद अधिकारीले पहिलो रक्तदाता लायन्स क्लव अफ पोखरा माछापुच्छ्रेका अध्यक्ष ई. अमिर भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोग, लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे र लायन्स क्लव अफ पोखरा नर्सेसको सहकार्यमा कार्यक्रम भएको पिआरओ सोवित सुवेदीले जानकारी दिए ।

लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका एफडब्लूसी डिस्ट्रिक्ट कोओर्डिनेटर अर्जुन थापाले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लव अफ पोखरा नर्सेसका अध्यक्ष हेमा गुरुङले स्वागत मन्तव्य राखिन् ।

यता, वार्षिकोत्सवकै अवसरमा अर्को पूण्यको काम पनि चरक हस्पिटलले गरेको छ । हस्पिटलले पोखरा महानगरपालिका वडा नं. २९ घोतघोतेमा रहेको दृष्टिविहीन निवासमा तिहारमा भएको भएको आगलागीबाट पीडितलाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा हस्पिटल प्रालिका अध्यक्ष रामचन्द्र रेग्मी, प्रवन्ध निर्देशक कपिल पोखरेलले अपांगमैत्री समाज, दृष्टिविहीन आश्रमका ईञ्चार्ज शुशिल गोदारलाई ६० हजार बराबरको सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

दृष्टिविहीनले विक्री गर्ने सामानहरु अगरबत्ती, कपुर, कलम, डायरी लगायतका सामानहरु हस्पिटलले सहयोग गरेको हो ।

गत कार्तिक २९ गते दृष्टिविहीन समूह देउसीभैलो खेल्न निस्कँदा राति ९ बजेतिर आश्रममा आगलागी भएको थियो । नगद ८ लाखसहित करिब ३० लाखजतिको विक्री सामान र पाँच कोठे एक तले घर जलेर नष्ट भएको थियो ।

आश्रममा रहेका ३० जना अहिले पोखरा-२६ स्थित नेत्रहीन कास्कीको कार्यालयमा बस्न बाध्य भएको गोदारले बताए । उनले हस्पिटलले सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

यस्तै, राष्ट्रिय औद्योगिक व्यापार मेलामा हस्पिटलले स्टलसमेत राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा दुई जना छनौट गरी फूलबडी चेकअप निःशुल्क गरिदिने कार्यालय प्रशासक प्रदिप शर्माले जानकारी दिए ।

स्टल भिजिट गरी पर्चा लिएर हस्पिटल पुग्नेलाई माघ मसान्तसम्ममा १० प्रतिशत छुट दिने पनि हस्पिटलले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button