लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ

  • पोखरा न्यूज
  • २०८० मंसिर २१
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ

|फाइल तस्वीर ।

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुस ५ गतेदेखि १६ गतेसम्म आयोजना गर्ने १९ औँ संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ६० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवमा रहने तीन सय ३४ वटा स्टलमध्ये मंगलबारसम्म दुई सय ११ वटा स्टल बुकिङ भएका हुन् ।

पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्षित गरि ६ गतेबाट ११ गतेसम्म स्टल बुकिङ खुल्ला गरिएको थियो भने मंगलबारबाट अन्य व्यवसायीहरुका लागिसमेत स्टल बुकिङ खुल्ला गरिएको संघका लेखा अधिकृत प्रसिद्ध पौडेलले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको छ भने र स्वदेशी उत्पादनहरुको प्रवर्द्धका लागि राष्ट्रिय उत्पादन प्रदर्शनी अन्तर्गत केही स्टलहरुको व्यवस्थापन गरिने स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक रामजी पौडेलले जानकारी दिए ।

महोत्सवमा कृषि उत्पादन, भाँडावर्तन, फर्निचर तथा ईलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रदर्शनी, बैंक तथा वित्तीय संघ-संस्थाहरु, डेरी तथा फलफूल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९औं संस्करणको महोत्सवलाई पोखरा इको रेडब्रिक्सले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा पशुपति विस्कुट र हेटौंडा डेरी रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस