
पोखरा । पोखरा महानरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याएर उच्च शिक्षा अध्ययनका लागि विभिन्न कलेजमा भर्ना हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।
विज्ञान तथा व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा ल्याई विभिन्न कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयले प्रोत्सहान स्वरुप नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।
सम्मानित हुनेमा पोखरा विश्वविद्यालय इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएकी विपना बिसी, बिएस्सी नर्सिङमा पूर्ण छात्रवृत्ति पाएकी विशाखा दर्नाल, प्रार्थना बस्नेत, अप्टोमेट्रितर्फ पूर्ण छात्रवृत्ति पाएका निशान पौडेल, बिएस्सी एजीतर्फ पूर्ण छात्रवृत्ति पाएका सिर्जना केसी छन् ।
यस्तै, बिएस्सी नर्सिङतर्फ निकिता केसी, भावना गर्बुजा पुन, इन्जिनियरिङतर्फ नरेशकुमार शाह, प्रवीण पौडेल, प्रनिश पौडेल, सुमिन जिसी, एलिश अधिकारी, आकृति बस्नेत प्रतीकजंग पौडेल क्षेत्री र बिएस्सी एजीतर्फ नाम निकाल्ने विपना आचार्य, निरा गुरौ, बिबिएतर्फ आकृति भट्टराई र स्वस्तिका पौडेलले नाम निकाल्न सफल भएका छन् । पूर्ण छात्रवृत्ति पाउन सफल विद्यार्थीलाई विद्यालयले नगदसमेत प्रदान गरेको हो ।
वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य अमृत तिमिल्सिनाले विद्यार्थीलाई बधाई दिँदै छोटो समयमा विद्यालयले गरेको सफलताप्रति खुसी व्यक्त गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, शिक्षक-अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, सहप्रधानाध्यापकद्वय रामबहादुर बानिया, भेषराज पौडेल, पूर्व प्रधानाध्यापक खिमलाल अधिकारी, प्लस टु संयोजक माधव अधिकारी, विज्ञान संयोजक सुशील देवकोटा, एकेडेमिक डीन सुमन बस्नेत लगायतले बाेलेका थिए ।





