नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि तिमिल्सिनालाई पितृशोक

पोखरा । नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि, शिक्षक संघ पोखरा महानगर समितिका पूर्व अर्थसचिव एवं शान्त माध्यमिक विद्यालय पोखरा-१८, भकुण्डेका प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सिनालाई पितृशोक परेको छ ।

उनका पिता एवं अग्रज समाजसेवी चिरञ्जीवी तिमिल्सिनाको ९६ बर्षको उमेरमा बिहीबार साँझ ५ः१५ बजे निधन भएको हो ।

उनको पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ, बेलखोरस्थित निवासमै निधन भएको हो ।

उनको आज बिहान ९ः०० बजे निवासबाट शवयात्रासहित पोखरा १ गाईघाटमा अन्त्येष्टि गरिने बताइन्छ ।

स्व. तिमिल्सिनाका श्रीमती रमा तिमिल्सिना, एक छोरा कृष्ण तिमिल्सिना, बुहारी र नातिनातिना छन् ।

यसैबीच नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष क्षेत्रीले दुःख प्रकट गर्दै तिमिल्सिनाको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button