पत्रकार तथा कलाकार ढकाल मृत्यु प्रकरण : चार जना प्रहरी नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सन्तोष परियार, नीलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन् ।

पक्राउ परेका चार जनामध्ये एक जना बसका सवारी धनी, एक जना चालक र दुई जना सहचालक रहेको प्रहरीले जनाएको छ ।

स्याङ्जाबाट काठमाडौं जाने क्रममा बसमा विवादमा भएपछि रातको समयमा कुटपिट गर्दै बसबाट ढकाललाई झारेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैदिनदेखि हराइरहेका ढकालको मंसिर ४ गते धादिङको कृष्णभिरमा मृत अवस्थामा भेटिएका थिए ।

उनी तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए । घरबाट काठमाडौं फर्किएका उनी सम्पर्कविहीन थिए ।

त्रिशुली नदीमा र्‍याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button