पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित परिवर्तन युवा क्लवद्वारा आयोजित अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
विद्यार्थीहरुबीच प्रतिस्पर्धाको भावना, सकारात्मक परिवर्तनको चाहना भन्ने नारासहित राखिएको प्रतियोगिता पोखरा–२२ का आठ विद्यालय सहभागी थए ।
कार्यक्रममा शुक्रराज माविले ७१ अंकका साथ प्रथम स्थान हासिल गर्यो । यस्तै, ६९ अंकका साथ ओख्लेडाडा भुम्दीकोट मावि द्वितीय, ५९ अंकसहित लिला आधारभूत विद्यालय तृतीय र ५८ अंकसहित लक्ष्मी आधारभूत विद्यालयले सान्त्वना स्थान हासिल गर्यो । प्रतियोगितामा विजयी टिमलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
समाजसेवी एवं ज्येष्ठ नागरिक शोभाखर बरालको प्रमुख आतिथ्यतामा र विवेक बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव एवं कार्यक्रम संयोजक सुदिप बरालले गरेका थिए ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरु भित्र लुकेका प्रतिभा प्रस्फुटनमा सघाउने विश्वास व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution