पोखरा । २३ औं आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिता माघको दोश्रो साता हुने भएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका प्रतियोगिता आयोजना गरिएको हो ।
क्लवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघको दोश्रो सातामा प्रतियोगिता हुने जानकारी दिएको छ ।
प्रतियोगिताको तयारी सुरु गरिएको क्लवले जनाएको छ ।
क्लवका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजनका क्लव, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकको टिम सहभागी हुनेछ ।
यस पटक पनि प्रतियोगितालाई हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको क्लवले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution