बालिकालाई व्ल्याकमेल गर्ने बालक प्रहरी फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अश्लील भिडियो बनाई एक बालिकालाई व्ल्याकमेल गर्ने एक जना बालकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २७ की १६ वर्षकी एक बालिकालाई एउटै स्कूलमा अध्ययनरत १६ वर्षकै बालकले बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाईसमेत पठाएर बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।

बालिकाका परिवारजनले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बालकलाई दुई थान मोवाइलसहित पक्राउ गरि विद्युतीय कारोवार ऐन (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button