पोखरा-६ का वडासदस्य दीपेन्द्र पहारीसहित चार जना ठगी आरोपमा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ६ का वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारीसहित अन्य चार जना रहेका छन् ।

यसैगरी पोखरा ६ बैदामका ४१ वर्षका विकास पहारी, लेकसाइडका २२ वर्षका प्रवीन विश्वकर्मा र २४ वर्षका अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराललाई पनि सोही मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी श्रवणकुमार विकका अनुसार फेवाताल आसपासमा फोटोग्राफी गर्ने व्यक्तिहरुलाई विभिन्न किसिमबाट धम्काई रकम अशुल्ने गरेका थिए ।

उनीहरुले फोटोग्राफी गर्ने १५ जनाबाट हरेक महिना जनही १३ हजार ५०० रुपैयाँ अशुल गर्दै आएको खुलेको छ । पीडित व्यक्तिहरुको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी विकले जानकारी दिए ।

पक्राउ परेकाहरु विरुद्ध जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अअघि बढाइएको प्हरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button