
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको छ।
आज दिउँसो देशको पहाडी भू/भागमा आंशिक बदली रही बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार दिउँसो गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू/भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रही गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





