ड्राइभिङ स्कूल संघ गण्डकीको अध्यक्षमा तुलबहादुर ठकुरी चयन

पोखरा । ड्राइभिङ स्कूल संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तुलबहादुर ठकुरी चयन भएका छन् ।

संस्थाको शनिबार भएको प्रथम अधिवेशनले ठकुरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा, उपाध्यक्षमा नवराज तिवारी, सचिवमा रामचन्द्र पौडेल, सहसचिवमा विष्णु पन्त, कोषाध्यक्षमा भीमलाल खनाल रहेका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा नवराज दुवाडी, गोपाल अधिकारी, हेमराज महतो, मेघनाथ सापकोटा, मनध्वज राना, कमलादेवी गुरुङ, सुस्मिता थापा, गंगाराम शर्मा चापागाइँ रहेका छन् । संस्थाको निवर्तमान अध्यक्षमा वसन्त भट्टचन रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button