ट्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु

सिरहा । सिरहामा ट्याक्टर पल्टिँदा काका-भतिजाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्लाको औरही गाउँपालिका वडा नं. २ तुलसीपुरमा खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धमा स१त ७४५८ नम्बरको ट्याक्टर पल्टिँएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा सात वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ट्याक्टरको इन्जिनमा च्याम्पिएर दुवै जनाको घटना स्थलमानै मृत्यु भएको स्थानीय श्याम यादवले जानकारी दिए । उनका अनुसार ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका-भतिजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button