स्याङ्जा । सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विरोधले मात्र देश नबन्ने बताएका छन् ।
पुतलीबजार नगरपालिका-१ स्थित हङकङ पार्कको उद्घाटन गर्दै मन्त्री गुरुङले राम्रो काम गरिरहेको सरकारलाई विरोध गरेर आफ्नो हैसियत नदेखाउन गरे ।
काम गरेको बेलामा सहयोग गर्न आग्रह गर्दै देश बनाउन मिलेर जानुको विकल्प नरहेको मन्त्री गुरुङको भनाइ छ ।
देशको शत्रु भ्रष्टाचार भएको भन्दै उनले विरोधभन्दा पनि सत्ता तथा प्रतिपक्ष सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
आफू जन्मेको जिल्लालाई राम्रो बनाउन आफ्नो प्रयास सधैं रहने बताउँदै मन्त्री गुरुङले सबैको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारे ।
विगतमा फोहोर रहने ठाउँ पार्क बनेको बताउँदै मन्त्री गुरुङले पार्क बन्नु मात्र नभइ मानवीयता जोडिएको बताए ।
जनता शिरमा राखेर राजनीति गर्नुपर्ने बताउँदै जनतालाई भुइँमा राखेर गर्ने राजनीतिको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसद राजु थापाले नेपाल भूमि खण्डहर हुन लागेको भन्दै यहाँको विकासका लागि युवाहरु स्वदेश फर्किनुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य सीता सुन्दास, नगरपालिका प्रमुख तुलसीराम रेग्मी, पूर्वप्रमुख सीमा क्षेत्रीलगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution