पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्स लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति भने गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।





