
पोखरा । एसीसी यू-१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।





