पाल्पा । पाल्पामा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निस्दी गाउँपालिका वडा नं. ४ मित्याल गाङ्सिङडाँडाका ४८ वर्षीय डम्बरबहादुर सारु रहेका छन् ।
रातको समयमा फापर बाली खाएर हैरान पार्ने दुम्सी मार्न जाने क्रममा बाटोमा चिप्लिएर आँफैले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए ।
घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution