पोखरा । पोखरामा एकै पटक १६ जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् ।
ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले संस्थाको ११औं वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरु ७५ वर्षमाथिका नागरिक रहेका छन् ।
उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो अवसरमा सांसद थापाले ज्येष्ठ नागरिकको कल्याणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले ज्येष्ठ नागरिकका आवश्यकता बारे राज्यले सोच्नुपर्ने बेला आएको भन्दै ज्येष्ठ नगारिकहरुका लागि छुट्टै अस्पताल आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकाल, सदस्यहरु त्रिभुवन शर्मा, पद्यमा गौतम र महासचिव विष्णुप्रसाद पौडेल, सचिव ईच्छाबहादुर वाग्ले लगायतले बोलेका थिए ।
संस्थाले सय वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा भने घरमा नै पुगेर सम्मान गर्दै आएको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए ।
सो अवसरमा ज्येष्ठ नागरिक आवाज अंक १० विमोचन समेत गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution