लेखनाथ दुर्घटना अपडेट : हेमजाकी अनिशाको मृत्यु, जिरोकिमिकी भावना घाइते

  • पोखरा न्यूज
  • २०८० मंसिर २४
लेखनाथ दुर्घटना अपडेट : हेमजाकी अनिशाको मृत्यु, जिरोकिमिकी भावना घाइते

|दुर्घटनामा परेको कार ।

पोखरा । पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा मृत्यु भएकी युवतीको पहिचान खुलेको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बरालको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बि एए ००४१ (B AA 0041) नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा-२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो । दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस