पोखरा । पोखरा महानगरपालिका वडा नंं ४ स्थित सिद्धार्थ क्लवले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लवले रुपा गाउँपालिका वडा नं. ५ देउराली खडागाउँस्थित भैरवी आधारभूत विद्यालयमा अध्ययनरत २८ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । विद्यार्थीलाई स्विटर, टोपी र मोजा वितरण गरिएको हो ।
सो अवसरमा रुपा-५ का वडाध्यक्ष राजन खनालले सिद्धार्थ क्लवले आफ्नो वडाका विद्यालयहरुमा विगतदेखि शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्त गरे ।
उनले क्लवले प्रदान गरेको न्यानो कपडाले विद्यार्थीको अध्ययनमा सघाउने विश्वास व्यक्त गरे ।
वडाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको र सो कार्यमा संघसंस्थासंँग समन्वय र सहकार्य महत्वपूर्ण रहने वडाध्यक्ष खनालले बताए ।
सिद्धार्थ क्लवकी अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र शिक्षा आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लवको सदैव सहयोग रहने बताइन् ।
कार्यक्रममा सिद्धार्थ क्लवका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले कार्यक्रमले बोलेका थिए ।
न्यानो कपडा चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ र
क्लवकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले र निर्देशक रवि मर्सानीले स्वागत गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution