शान्ति श्रीषको ‘जाम हिँड साइली’ सार्वजनिक

पोखरा । गायिका शान्ति श्रीष मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक सञ्चालन गर्दै आएकी श्रीष हाल संगीत क्षेत्रमा समेत क्रियाशील छन् ।

उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानैदेखि रुची भएर होला उनको रहर पेसा जस्तै बन्न थालेको छ ।

गायिका शान्ति श्रीष मगरको ‘जाम हिँड साइली’ सार्वजनिक भएको छ । उनको युटुबमार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यकोसमेत स्वर समेटिएको छ ।

सुरेश राना मगरको शब्द संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको सम्पूर्ण छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।

श्रीष गीतबाट आशावादी छन् । समय सान्दर्भिक गीत भएकाले पनि उनलाई आशा जागेको हो । गीतमा देशको अवस्थालाई चित्रित गर्न खोजिएको छ । परदेशिन बाध्य हुनुपर्ने युवाको अवस्थालाई झल्काइएको छ । जसमा प्रेमका भावहरुसमेत समेटिएका छन् ।

एक दशकदेखि ग्लोरी फेसन होम सञ्चालन गर्दैआएकी श्रीष बुटिक एसोसिएसन नेपाल पोखराको अध्यक्ष हुन् ।

रोटरी क्लव अफ पोखरा मिडटाउन लगायत विभिन्न सामाजिक एवम् संस्थामासमेत आबद्ध श्रीषका ‘गल्छी झरेसी’, ‘जुन तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीतहरु यसअघि सार्वजनिक भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button