उपन्यास सन एण्ड स्यडोज लोकार्पण

  • पोखरा न्यूज
  • २०८० मंसिर २४
उपन्यास सन एण्ड स्यडोज लोकार्पण

पोखरा ।  लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ ।

पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो ।

लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो।

भर्खर अंकुराउन  थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैङ्गिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्।

आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने उनको दावी छ।

अङ्ग्रेजी भाषामा लेखिएको पुस्तक सर्वसुलभ रूपमा पुस्तक पसल र ईबुक माध्यममा पनि उपलब्ध भएको जनाएकी छन्।

अस्ट्रेलियामा जन्मेकी  लेखक एन एच मानन्धर नेपालकी बुहारी हुन् ।

उनले लामो समय नेपालमै बसेर सडक बालबालिकाका निम्ति काम गरेकी छन्।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस