लेखनाथ दुर्घटना अपडेट : घाइते युवतीको पनि मृत्यु

पोखरा । पोखराको लेखनाथमा सवारी दुर्घटना हुँदा घाइते भएकी युवतीको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमिकी २४ वर्षीया भावना बराल रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी बरालको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा साँझ ५ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परि पोखरा महानगरपालिका वडा नं. २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको थियो ।

उनीहरु दुवै गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा-२६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो ।

दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button