पोखराका नगर प्रहरी निरीक्षकमाथि हातपात, एक जना पक्राउ

पोखरा । पोखरा महानगरपालिकाका नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापामाथि हातपात भएको छ ।

शुक्रबार दिउसो १ः३० बजे महेन्द्रपुलस्थित सार्वजनिक स्थानमा सडक पेटीमा रहेका व्यापारिक प्रयोजनको सामाग्रीहरु हटाउने क्रममा थापामाथि हातपात भएको हो ।

पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनका वर्ष ४५ का गोविन्द प्रसाद घिमिरेले विभिन्न किसिमका अपशव्द प्रयोग गरी गालिगलौज र हातपात गरेको बताइन्छ ।

आफूमाथि हातपात भएको भन्दै थापाले कास्की प्रहरीमा उजुरी दिएपछि घिमिरेलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेका घिमिरेविरुद्ध सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा तथा नैतिकता विरुद्धको कसुर (भद्र व्यवहार) मा दिन सात म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button