
पोखरा । तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न दोस्रो महाधिवेशनले तोरणलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी संस्थाको महासचिवमा तनहुँका मनराज गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा रुपन्देहीका सर्वजित गुरुङ, महिला उपाध्यक्षमा काठमाडौंकी प्रमिला गुरुङ, कोषाध्यक्षमा विनोद गुरुङ र उपमहासचिवमा दिनेश गुरुङ निर्वाचित भएको बताइएको छ ।
महाधिवेशनले सात पदाधिकारीसहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
यस्तै प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ चयन भएका छन् ।





