कास्कीकोटको महाङ्कालेश्वर मन्दिर परिसरमा शतबीज छर्न भक्तजनको भिड

पोखरा । पोखरा महानगरपालिका वडा नं. २४ कास्कीकोटस्थित महाङ्कालेश्वर मन्दिर परिसरमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ ।

कास्कीकै उद्गम तथा धार्मिक पर्यटकीय स्थल कश्यप तपोधामकारुपमा परिचित कास्कीकोटको महाङ्कालेश्वर मन्दिर परिसरमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको हो ।

गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीका अनुसार बालाचतुर्दशी पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धाममा शिव ताण्डव नृत्य, भजन, नौमती बाजासमेत प्रदर्शन गरिएको थियो ।

मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको उनले बताए । मन्दिर परिसरमा शतबीज छर्न कास्की, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङदेखि भक्तजन आएको त्रिपाठीले स्थानीय तारापति सुवेदीले जानकारी दिए ।

चोखो नितो गरी शुद्ध भइ शतबीज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास छ । पोखराको दृश्यसहित अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने कास्कीकोटमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् ।

यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुरानो कास्कीकै नामबाट हालको कास्की जिल्लाको नामाकरण रहेको किंवदन्ति रहिआएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button